यो कुरामा हामी प्रष्ट हौँ कि पुन- मगरको एक मुख्य “थर” हो छुट्टै जाती होइन ।

0
587

यो कुरामा हामी प्रष्ट हौँ कि पुन- मगरको एक मुख्य “थर” हो छुट्टै जाती होइन ।यही भिडियो हेरेर पनि हामी सोझा मगरहरूले सजिलै छुट्टाउन सक्छौँ र प्रष्ट भई सक्यौँ । समुदाय र समाजको हितलाई तिलाञ्जलि दिएर व्यक्तिगत स्वार्थमा वास्तवमा को लागिपरेको रहेछ? को परिचालित रहेछ? भनेर । यहाँ त केही व्यक्तिहरूले आफ्नो व्यक्तिगत स्वार्थको लागि सोझा अन्य पुन मगर दाजुभाइदिदीबहिनीहरूलाई उक्साएर पुन जाती लेख्‍न र भन्न लगाएको प्रस्ट बुझियो । तर उनीहरूले मुख्य कुरा नै भुलेछन् कि, छुट्टै जात हुनको लागि बलिया आधारहरू चाहिन्छन् जस्तो छुट्टै भाषा, संस्कृति, भेषभुषा, लिपी, पृथक् पहिचान, इतिहास हरू । तर पुन थर-मगरको हो, खाम भाषा-मगरको हो, पुनको भेषभुषा- मगरको हो, भूमे पर्व- मगरको हो, सोरठी-मगरको हो, संस्कृति- मगरको हो, करबाकेली- मगरको कुल हो, अब कसरी तपाइहरू (पुन जाती समाज) अलग जाती बन्‍नुभयो? नेपाल मगर संघको संस्थापक अध्यक्ष नै म्याग्दीबाट हेम बहादुर पुन मगरज्यू हुनुहुन्थ्यो, त्यसपछि कविराज पुन मगर देखी लिएर वर्तमान नवौँ अध्यक्ष कै रूपमा ज्ञानेन्द्र पुनमगर हुनुहुन्छ । ९९% पुनहरूले नै पुन मगरको एक प्रमुख “थर” हो जाती होइन भनिरहेका छन्, पुन जाती समाजका नेतृत्वकर्ताहरूज्यूले कसरी मगरको मुख्य थर पुनलाई मगर जातीबाट चोरेर पुन जाती बनाउन सक्छ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here